प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा अद्वितीय संस्कृति, सम्पदा, विविधता र प्राकृतिक सौन्दर्यता, प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरू उच्च हिमशिखर,धार्मिक,ऐतिहासिक महत्वको स्थानहरू,असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस कोशी प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत नेपालकै होचो केचना कवल पनि यहि प्रदेशमा छ |अरुण उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, चियाको राजधानी इलाम, लालीगुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले, सूर्योदय र सूर्यास्तका दृश्यावलोकन गर्न सकिने ठाँउहरू छन् । रेडपाण्डालगायतका महत्त्वपूर्ण र दुर्लभ वन्यजन्तुको बासस्थान पनि रहेको छ ।थरीथरीका गुराँस कोशी प्रदेशमा फुल्ने गर्छन् ।ताल, तलैया तथा अन्य रमणीय क्षेत्रहरू रहेका छन्।याफ्टिङलगायतका साहसिक पर्यटन, पदयात्रा तथा अनेकन ठाउँहहरू, होमस्टे, चरा अवलोकन, चौँरीसँग रमाइलो गर्न मिल्ने अनेकन ठाउँहरू, केन्जोलगायतका वनस्पति पनि यस क्षेत्रमा रहेका छन् ।सप्तकोशी, अरुण, तमोर जस्ता नदीहरू छन्। विभिन्न जाताजातिमा आधारित संस्कृति उत्तिकै पनि छन् ।विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माईपोखरी, झापाको अर्जुनधारा र सताक्षीधाम, सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेव लगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् ।यी स्थलहरूमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ ।वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ । कोशी प्रदेश अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ। कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य भएको प्रदेश हो |

आर्थिक विकासका लागि पर्यटन क्षेत्रको ठूलो महत्व छ | नेपालमा प्रदेशस्तरमा पनि पर्यटनको विकासको उच्च सम्भावना छ सात प्रदेशमध्ये हरेकका आआफ्नै विशिष्ट आकर्षण छन् त्यसलाई पनि सही ढंगले प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटन क्षेत्रबाट सिङ्गो प्रदेशले नै लाभ लिन सक्ने देखिन्छ सातै प्रदेशले विविध प्राकृतिक सांस्कृतिक सौन्दर्यलाई प्रतिविम्बित गर्दै आइरहेका छन् यी क्षेत्रमा पर्यटकहरूले फरक अनुभव मनोरञ्जन मात्र होइन, देशका विभिन्न स्थानमा हुने साहसिक गतिविधिले पनि आकर्षण थपेको छ पर्यटनलाई प्रदेशस्तरमा पनि विकसित गर्न दिगो पर्यटनका गतिविधि अघि बढाउन आवश्यक देखिन्छ सरकाले २०२५ लाई विशेष पर्यटन वर्ष घोषणा गर्दै २५ लाख विदेशी पर्यटन भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको

पर्यटन विकास आयोजनाले पर्यटकीय स्थलको विकास, प्रवर्द्धन र संरचना निर्माण,पर्यटन पूर्वाधार, पर्यटन प्रवर्द्धन र पर्यटकीय गतिविधिहरुको विविधिकरण तथा विस्तार गर्ने पर्यटन वृद्धि र विकासको माध्यमबाट मर्मत र प्रवर्द्धनको कार्य गर्ने नीति लिएको छ | पूर्वाधारमा लगानी बृद्धि गर्ने, पर्यटन विविधिकरण तथा गुणस्तरमा बृद्धि, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवर्द्धन गर्ने, व्यवसायिक, पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रवर्द्धन तथा बजारिकरण, गुणस्तरमा बृद्धि, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवर्द्धन गर्ने आदिमा जोड दिदैं आएको छ | अवसर र सम्भावनाहरुको भरपुर उपयोग गर्न सकेमा कोशी प्रदेशको अर्थतन्त्रमा यसको योगदान उल्लेख्य रुपमा बढ्न सक्ने देखिन्छ । यसका लागि पर्यटकीय सुरक्षा, सेवा सुविधाको गुणात्मक सुधार पहिलो शर्त हो | त्यसले पर्यटनको विकासमा गुणात्मक फड्को ल्याउने छ |