प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

पर्यटन विकास आयोजना

विराटनगर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

कार्यालयको बारेमा

धार्मिक, सांस्कृतिक, भौगोलिक, जैविक विविधता, मनोरम पर्वतीय श्रृंखला, सुन्दर हरियालीयुक्त भू-दृष्य, पर्यावरणीय महत्वका सिमसार तालतलैया र नदी नाला, प्रसिद्घ तीर्थस्थल र मठ मन्दिर आदि नेपालका पर्यटकिय आकर्षणहरु हुन् । यसैले पर्यटन प्रवर्धनबाट विदेशी मुद्रा संचितिमा वृद्घि तथा सहरी र ग्रामीण क्षेत्रहरुमा रोजगारका अवसरहरु श्रृजना गरी आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउन सकिने सम्भावना रहेकाले पर्यटनलाई नेपालको आर्थिक समृद्घिको महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।
विश्वको सर्वोच्च हिमशिखर सगरमाथा देखि लिएर नेपालकै सवैभन्दा होचो स्थान केचना कवल समेत रहेकोले यस प्रदेश सबै हिसाबले आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र रहेको छ ।

विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा आरोहण, सगरमाथा आधार शिविर, मकालु बरुण आधार शिविर, कन्चनजंघा आधार शिविर सम्मको पैदलयात्रा, तमोर, अरुण र सप्तकोशीको जलयात्रा तराई र पहाडमा रहेका संरक्षित क्षेत्रहरुमा चरा र वन्यजन्तु अवलोकन विश्वस्तरमा चिनिएका यस प्रदेशका पर्यटनका आकर्षणहरु हुन् ।


यस प्रदेशका अन्य आकर्षणहरुमा ताप्लेजुङ्गको तिम्वुङ्ग पोखरी, कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, फुङफुङे झरना, डिकीछ्योलिङ्ग गुम्बा, इलामको श्रीअन्तु, सन्दकपुर, छिन्तापु, कन्याम, गजुरमुखीधाम, गुफाथुम्की, पानीटार, मिक्लाजुङ (साक्फारा), सिद्धिथुम्का, माङमालुङ, हाङ्गेथाम-चोयाटार, टोडके झर्ना, माइपोखरी, झापाको सतासीधाम, दोमुखा, पातालगङ्गा, कृष्णथुम्की, केचनाकवल, अर्जुनधारा, पाँचथर का फालेजुङ्ग लामपोखरी लालीगुराँस क्षेत्र, सिलौटीडाँडा, हिलिहाङ दरबार,
पानावा झर्ना, जोरपोखरी, सुम्हात्लुङ देवस्थल, तिम्वु पोखरी, आंखेजुङ गुम्बा, सिलौटी, लुब्रेकुटी आदिरहेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र नेपालको पर्यटन नीति, २०६५ ले अंगिकार...

आयोजना प्रमुख

कुलदिप प्रसाद यादव

9847107054

tdp.province1@gmail.com

सूचना अधिकारी

प्रेम बुढाथोकी

9843536735

स्रोत(ऐन, नियमावली) सङ्ग्रह